बिग व्यासमा सन्दिप लामिछाने होबार्ट हरिकेन्सबाट खेल्ने पक्का

नेपाली बलर सन्दिप लामिछानेले बिग व्यास लिगको सिजन १० मा होबार्ट हरिकेन्सबाट खेल्ने पक्का भएको छ ।

लामिछानेलाई बिगव्यास सिजन १० का लागि होर्वट हरिकेन्सले आफ्नो टिमबाट खेलाउने बारेमा आज अधिकारीक जानकारी गराएको हो ।

नेपाली स्पिनरले बिग ब्यासको अघिल्लो दुइ सिजनमा मेलर्वन स्टारका लागि खेलिसकेका छन । स्टारका लागि २० खेलमा उनले २६ विकेट हात पार्न सफल भएका थिए ।

https://www.facebook.com/HobartHurricanes/posts/3603739919685879

“बिग ब्यास खेलमा पुन फर्किन पाएकोमा निकै उत्साहित भएको छु । यस पटक बैजनी रङका साथ मैदानमा उत्रन आतुर छु,” सन्दीपले बताए ।

“सन्दीपको रहस्यमय स्पिनिङले खेलमा परिवर्तन गर्न सक्छ, उनी एक प्रमाणित विकेट टेकर पनि भएकाले खेलमा नयाँ आयाम दिन सक्छ,” सन्दीपको प्रशंसामा होर्वटका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले भने ।

सन्दीपको प्रवेश सँगै होर्वट टिमले पूर्णता पाएको छ । यस पटक टिममा सन्दीप बाहेक डेविड मलान र किमो पाउल अन्तर्राष्ट्रिय खेलाडीका रूपमा रहेका छन् ।

२०२० मा, संदीप जमैका टिमबाट क्यारेबियन प्रीमियर लिग खेलेका थिए । उनले कुल १० खेलमा १२ विकेट लिए । यद्यपि, भर्खरै सम्पन्न इण्डियन प्रीमियर लिगमा दिल्ली क्यापिटलको लागि कुनै खेल खेल्ने अवसर भने उन्ले पाएनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest