क्यानले बन्द प्रशिक्षणमा बाेलायाे २२ खेलाडी

नेपाल क्रिकेट संघ क्यानले यही १० गतेबाट सुरु गर्ने बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाएको छ । जसमा बसन्त रेग्मीले कमब्याक गरेका छन् ।

प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा हुने टिममा बसन्त करिव डेढ बर्षपछि टिमको प्रशिक्षणमा फर्किएका हुन । यस्तै टिममा रासिद खानले पनि स्थान बनाएका छन । क्यानले पछिल्लो पटक गरेको केन्द्रिय सम्झौतामा रहेका सबै खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

नेपाल सरकारले खेलकुदलाई सुचारु गर्ने अनुमति दिएसँगै क्यानले यहि १० गतेबाट प्रशिक्षण सरु गर्नृे भएको छ । जसका लागि खेलाडीको मंसिर ८ गते पीसीआर परिक्षण गरिनेछ । त्यसमा नेगेटिभ आउने खेलाडीलाई मात्र प्रशिक्षणमा सहभागि गराइने भएको छ ।

प्रशिक्षणका लागि क्यानले चाँडै नै भारतबाट फिटनेस ट्रेनर पनि ल्याउने तयारी गरेकाे छ । नेपालले विश्वकप लिग क्रिकेट २ अन्तर्गत २०२१ मा ५ वटा सिरिज खेल्ने तालिका रहेकाे छ । जसमा मार्चमा पहिलाे सिरिज खेल्नेछ ।

कोरोना भाइरसको महामारीका कारण करिव नौ महिनापछि नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु हुन लागेको हो । यसका लागि क्याम्पमा बोलाइएका खेलाडीहरु यसप्रकार रहेका छन ।

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दिप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, आरिफ शेख, पवन सराफ, अभिना बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सन्दिप जोरा, किशोर महतो र भुवन कार्की

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest