डेब्युका बिषयमा आइसीसीकाे नयाँ नियम

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले कुनैपनि खेलाडीको अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने उमेर तोकेको छ ।

आइसीसीले जारी गरेको नयाँ मिती अनुसार डेब्यु गर्नका लागि खेलाडीको उमेर कम्तिमा १५ बर्ष हुनुपर्ने भनिएको छ । यो नियम आइसीसीले खेलाडीकै सुरक्षाकालागि बनाएको बताइएको छ ।

पाकिस्तानका हसन राजाले १४ बर्षको उमेरमा डेब्यु गरेका थिए । जुन कम उमेरमा डेब्यु गर्ने उनी पहिलो र एक्लो खेलाडी हुन ।

यो नियम आइसीसी अन्तर्गत सबै प्रतियोगितामा लागु हुनेछ । यतिसम्म की यू १९ प्रतियोगितामा पनि यो नियम लागु हुनेछ ।

यदि कुनै असाधारण अवस्था आएर तोकेको उमेर भन्दा कममा खेलाडीलाई टिममा राख्न चाहेमा त्यसका लागि आइसीसीलाई पूर्व जानकारी दिनुपर्ने बताइएको छ ।

आवेदन दिने देशको खेलाडीको अनुभव र ती खेलाडीको मानसिक विकाशका बारेमा पनि जानकारी दिनुपर्ने हुन्छ । यसका साथै त्यो देशको क्रिकेट बोर्डले ती खेलाडीलाई टिममा राख्न कति आवश्यक भनेर पनि पुर्ण रुपमा जानकारी दिनुपर्नेछ ।

आइसीसीको यो नियम घरेलु क्रिकेटमा भने लागु हुने छैन । १५ बर्ष भन्दा कम उमेरको खेलाडीले घरेलु क्रिकेट भने खेल्न पाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest