खेलाडीकाे काेराेना परिक्षण

नेपाल क्रिकेट संघ क्यानले आज खेलाडीहरुको कोरोना भाइरस परिक्षण गरेको छ ।

टिमका खेलाडी, प्रशिक्षक तथा फिजियो गरि १९ जनाको परिक्षण गरिएको हो । साथै टियु अन्तराष्ट्रिय क्रिकेट रंगशालामाा कार्यरत ९ जना कर्मचारीको पनि आज परिक्षण गरिएको हो । आज बिहान मैदानमा खेलाडीहरुको परिक्षण गरिएको थियो ।

बेलुकासम्म सबैको रिपोर्ट आउने बताइएको छ । स्थानीय खेलाडी आफ्नै घरमा बस्नेछन् भने ति भन्दा बाहेकका खेलाडीलाई क्यानले आइसोलसन गृह बनाएको छ ।

कोरोना भाइरसको संक्रमण नदेखिएका खेलाडी एवम् टिमका सदस्यमात्र भोलीबाट हुने बन्द प्रशिक्षणमा सहभागिता जनाउनेछन् । २०२१ मा हुने पाँच एक दिवसीय सिरिज तथा अन्य प्रतियोगिताका स्वरुप क्रिकेटको अभ्यास थालिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest