इशान्त र रोहितले अष्ट्रेलियाविरुद्धको सुरुवाती दुई टेष्ट गुमाउने

इशान्त शर्मा र रोहित शर्माले अष्ट्रेलियाविरुद्धको सुरुवाती दुई टेष्ट गुमाउने भएका छन ।

चार टेष्टको सिरिजमा रोहित र इशान्तलाई टिमबाट बाहिर हुने भएका छन । इशान्तको फिटनेसका कारण चार साताको आराम चाहिएको बताइएको छ ।

त्यसपछि उनले फिटनेस टेष्ट पास गर्नुपर्नेछ । त्यसपछि उनी अष्ट्रेलिया पुग्दा अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्नेछ ।

त्यसपछि प्रशिक्षण गर्दा उनी सुरुवाती दुई टेष्ट गुमाउने बताइएको छ ।

यस्तै आइपीएलका बेला चोट बोकेका रोहितको पनि फिटनेस राम्रो नभएको बताइएको छ । उनलाई पनि निको हुनका लागि समय लाग्ने बताइएको छ ।
रोहितको स्थानमा श्रेयस ऐयरलाई टिममा राख्ने योजना बीसीसीआईले बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest