नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डकाे मनाेनयनमा परेका छन ।
आइसीसीले सार्वजनिक गरेकाे पुरुष एसोसियट प्लेयर अफ दि डिकेड अवार्डका लागि पारस मनोनयनमा परेका हुन् ।
पारससँगै यस अवार्डका लागि बिभिन्न देशका ६ खेलाडी परेका छन् । जसमा स्कटल्याण्डका तीन खेलाडी परेका छन । नेपालबाट भने पारस एक्लाे खेलाडी याे मनाेनयनमा परेका हुन ।
स्कटल्याण्डबाट मनाेनयनमा पर्ने खेलाडीमा केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन छन् ।
यस्तै पपुवा न्युगिनी र नेदरल्याण्ड्सबाट पनि एक एक खेलाडी मनाेनयनमा परेका छन । पीएनजीबाट याे मनाेनयनमा पर्नेमा असाद भाला र नेदरल्यान्ड्सबाट पिटर बोरेन छन् ।
आइसीसीले विजेताको नाम भोटिङकाे आधारमा घाेषणा गर्नेछ । नेपालका लागि एक दशक कप्तानी गरेका पारस सफल खेलाडीका साथै सफल कप्तानपनि हुन ।
Discussion about this post