आइसिसीको नयाँ अध्यक्षमा बार्कले चयन

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको नयाँ अध्यक्षमा न्यूजिल्याण्डका बेग बार्कले चयन भएका छन ।

बार्कले निर्वाचनमा यसअघिका कार्यकारी अध्यक्ष इमरान ख्वाजालाई पराजित गरेका छन । दोस्रो चरणको निर्वाचनमा उनले ख्वाजालाई हराएका हुन । पहिलो चरणमा बार्कले १० र ख्वाजाले ६ भोट पाएका थिए ।

त्यसपछि दोस्रो चरणको मतदानमा बार्कले बाजि मारे । आइसीसीको अध्यक्षका लागि कुल १६ भोटमा ११ भोटको आवश्यकता पर्छ । दोस्रो चरणमा बार्कलाई दक्षिण अफ्रिकी क्रिकेटको भोट नै महत्वपुर्ण बनेको थियो ।

बार्कले सन् २०१२ देखि न्यूजिल्याण्ड क्रिकेट बोर्डको निर्देशकका रुपमा काम गरेका थिए । उनले सन् २०१५ को विश्वकपमा निर्देशकका रुपमा काम गरेका थिए ।

न्यूजिल्याण्ड क्रिकेट बोर्डको सदस्य रहिसकेका उनले आइसीसीको अध्यक्षमा निर्वाचित भएपछि महत्वपुर्ण जिम्मेवारी पाउँदा निकै खुसी लागेको बताए । कोरोनाले धरासायी बनाएको क्रिकेटलाई नयाँ आयाममा पुर्याउने पहिलो प्राथमिकता हुने बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest