क्रिकेटकाे प्रशिक्षण बिहिबारबाट सुरू

नेपाल क्रिकेट संघ क्यानले विहिबारबाट क्रिकेटको प्रशिक्षण सुरु गर्दैछ । यसका लागि क्यानले बुधबार १८ खेलाडीको कोरोना परिक्षण गरेको थियो । तर अझैपनि सबै खेलाडीको रिपोर्ट पुरा नआएको भन्दै क्यानले खेलाडीको रिपोर्ट सार्वजनिक गरेको छैन । तर पनि प्रशिक्षण भने विहिबारबाट कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

विहान १० बजेबाट सुरु हुने प्रशिक्षणमा भोली रिपोर्ट नेगेटिभ आएका खेलाडी समावेश हुनेछन । क्यानले भने खेलाडीको रिपोर्ट के आयो भन्ने बारेमा अहिलेलाई गोप्य राखेको छ ।

यसमा केहि खेलाडीको परिक्षण हुन बाँकी रहेको र परिक्षण गरेका सबै खेलाडीको पुरा रिपोर्ट नआएकाले अहिले खेलाडीको रिपोर्ट मिडियामा नदिएको सचिव अशोकनाथ प्याकुरेलले बताए ।

उनले अहिले पुरा रिपोर्ट नआएको र अब सबैको रिपोर्ट आएपछि एकमुष्ट रुपमा दिने बताए । क्यानले सुरुवातमा २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएपनि पछि थप पाँच खेलाडी बोलाएको छ ।

नेपाली क्रिकेट टिमले करिव नौ महिनापछि प्रशिक्षण गर्दैछ । यस्तैमा प्रशिक्षणको अन्तिममा खेलाडीले त्रिकोणात्मक सिरीज खेल्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest