बन्द प्रशिक्षणमा रहेका कप्तान मल्ल, ऐरी र राेहित पाैडेललाई कोरोना पोजेटिभ

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएर खेलाडीमा कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरी र राेहित पाैडेललाई कोरोना पोजेटिभ देखिएको छ ।

बुधबार भएको परिक्षणमा मल्ल र ऐरीको रिपोर्ट पोजेटिभ आएको हो । क्यानले बन्द प्रशिक्षणका लागि बोलाएका खेलाडीमा १८ जनाले बुधबार परिक्षण गरेका थिए ।

काेराेना देखिएका खेलाडीलाइ अाइसाेलेसनमा राखिएकाे छ भने सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest