बन्द प्रशिक्षणमा पाँच खेलाडी थपिए

नेपाल क्रिकेट संघ क्यानले भोलीबाट सुरु हुने बन्द प्रशिक्षणमा पाँच जना खेलाडी थपेको छ । अहिले चार खेलाडीमा कोरोना देखिएपछि क्यानले पाँच जना खेलाडीलाई क्याम्पमा समावेश गरेको हो ।

यसमा विक्रम सोब, अनिल शा, कुशल भुर्तेल, रित गौतम र लोकेश बम छन । क्यानले यसअघि बोलाएका २२ खेलाडीमा चार जना कोरोनाका कारण क्याम्पमा हुने छैनन् । जसमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्रर एेरी, राेहित पाैडेल र बसन्त रेग्मी रहेकाे भनिएकाे छ ।

यस्तैमा चितवनमा त्रिकोणात्मक क्रिकेट प्रतियोगिता हुने भएकाले त्यसका लागि पनि क्यानले ५ जना खेलाडीलाई समावेश गरेको हो ।

थपिएका ५ खेलाडी काठमाडौं आउन बाँकी रहेको छ । उनीहरुलाई आजै क्यानले काठमाडौं आउन भनिसकेको छ । यी पाँच खेलाडीको भोली साझ पीसीआर परिक्षण हुनेछ । त्यसपछि आउने रिपोर्टको आधारमा प्रशिक्षणमा समावेश हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest