अमेरीकी बलर पटेल प्रतिबन्धमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यूएसएका बलर निसार्ग पटेल प्रतिबन्धमा परेका छन । उनको बलिङ एक्सन नियम बिपरित भएको भन्दै आईसीसीले प्रतिबन्ध लगाएको हो ।

आईसीसीको स्वतन्त्र मुल्यांकन समितीले उनको बलिङ एक्सन गैरकानुनी भएको बताएको छ । अब उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न पाउने छैनन् । आईसीसीले उनलाइ अवैध बलिङ नियमावलीको धारा ११।१ को आधारमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्रिकेटमा बलिङबाट प्रतिबन्ध लगाएको हो ।

तर, नियमावलीको धारा ११।५ अनुसार पटेलले घरेलु क्रिकेट प्रतियोगिताहरूमा बलिङ गर्न पाउने बताइएको छ । ११ फेब्रुअरीमा नेपालमा खेलाईएको आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत ओमानविरुद्धको खेल पश्चात पहिलो पटक उनको बलिङ एक्सनको अनुसन्धान भएको थियो । जसमा उनको बलिङ एक्सन गलत भएको ठहर भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest