क्रिकेट टिमको प्रशिक्षण सुरु, पहिलो दिन नौ खेलाडी समावेश

नेपाली क्रिकेट टिमको नौ महिनापछि आजबाट प्रशिक्षण सुरु भएको छ । कोरोना भाइरसका कारण प्रशिक्षण संभव नहुँदा खेलाडी मैदान बाहिर रहेको अवस्थामा क्यानले लामो समयको पर्खाईपछि प्रशिक्षण सुरु गरेको हो ।

तर पहिलो दिनको प्रशिक्षणमा मात्र नौ जना खेलाडी उपस्थिती भएका थिए । प्रशिक्षणको अघिल्लो दिन तीन जना खेलाडीमा कोरोना देखिदा उनको ट्रेसिङमा परेका कारण अरु ६ खेलाडीलाई पनि आइसोलेसनमा राखिएको छ ।

क्यानले मंगलबार गरेको परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएको थियो । तर उनको नजिक रहेका अरु सात खेलाडीलाई पनि आइसोलेसनमा राखिएको छ ।

जसमा सन्दीप जोरा, अभिनाश बोहोरा, कमलसिंह ऐरी, किशोर महतो, कुशल भुर्तेल र रासिद खान रहेको कार्यवाहक ब्यवस्थापक विक्रम न्यौपानेले बताए । उनीहरुलाई होटेलमा आइसोलेसनमा राखिएको बताइएको छ ।

पहिलो दिन पारस खड्का, विनोद भण्डारी, ललित राजवंशी, पवन सराफ, भुवन कार्की, आरिफ शेख, अनिलकुमार शाह, सुसन भारी र तीन जना अफिसियल प्रशिक्षणमा सहभागि भएका थिए ।

आइसोलेसनमा रहेका खेलाडीको दोस्रो परिक्षण गरेपछिमात्र प्रशिक्षणमा फर्किने भएका छन । साथै क्यानले बोलाएका अरु ५ खेलाडीपनि काठमाडौं आएको बताइएको छ । जसमा लोकेश बम, रित गौतम, अनिलकुमार शा, कुशल भुर्तेल र विक्रम सोब छन । उनीहरुको परिक्षण गरेर नतिजाका आधारमा प्रशिक्षणमा समावेश हुनेछन ।

क्यानले खेलाडीलाई २५ दिनको प्रशिक्षणमा राखेर एक साता विदा दिनेछ । प्रशिक्षणका बेला तीन टिम बनाएर अभ्यास खेल तालिका पनि रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest