पहिलाे एकदिवसीय खेलमा भारतले भाेली अष्ट्रेलियासँग खेल्दै

भारतले पहिलो एकदिवसिय खेलमा भोली विहानबाट अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कोरोना भाइरसका कारण बन्द भएको क्रिकेट अष्ट्रेलियामा पहिलो पटक हुन लागेको हो । जसमा भारतले भोली विहान नौ बजेर २५ मिनेटमा पहिलो खेल खेल्दैछ ।

भारतले पनि कोरोना भाइरसको महामारीपछि पहिलो पटक अन्तराष्ट्रिय सिरिज खेल्दैछ । त्यसैले पनि दुबै टिमका लागि पहिलो खेलबाट नै महत्वपुर्ण रहेको छ ।

अष्ट्रेलियन पिचमा भारतीय ब्याट्सम्यानलाई खेल्न त्यति सजिलो भने हुनेछैन । तिब्रगतिलाई साथ दिने अष्ट्रेलियन पिचमा भारतीय खेलाडी लोकेस राहुल, विराट कोहली शिखर धवनकालागि चुनौती पुर्ण रहेको छ । त्यसमा पनि भारतीय टिममा हिटम्यानको उपनाम पाएका रोहित शर्मा छैनन् ।

तर बलियो ब्याटिङ लाइनअप रहेको भारत र अष्ट्रेलियाविचको प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक हुने आशा गरिएको छ । सिड्नी क्रिकेट मैदानको पिच ब्याटिङका लागि बढि फलदायी रहेको छ । तर यो मैदानमा भारतविरुद्ध घरेलु टिम बढि हावी देखिएको छ ।

यो मैदानमा अष्ट्रेलियाले भारतविरुद्ध खेलेका खेलमा ८० प्रतिशतमा जित निकालेको छ । तर पछिल्ला चार खेलमा भने तीनमा भारत विजयी भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest