लंका प्रिमियर लिग: सुपर ओभरमा काेलम्बाे किङ्स बिजयी

लंका प्रिमियर लिगको पहिलो खेलमा कोलम्बो किंग्सले केन्डी टुस्कर्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

हम्बनटोटामा टस हारेर ब्याटिङको निम्तो पाएको केन्डीले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय १९ रन बनायो ।

उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ५३ रन बनाए भने कप्तान कुशल परेराले ८७ रनको योगदान गरे ।

उनले ५२ बलमा नौ चौका र चार छक्का प्रहार गरे । यस्तै कुशल मण्डिसले ३० रन बनाए भने असिल गुनरत्नेले ३३ रनको योगदान गरे ।

जवाफमा कोलम्बोले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १९ रन नै बनायो । उसका लागि दिनेश चन्डीमलले ८० रन बनाए भने लउरी इभान्स र थिक्सिला डी सिल्भाले समान २२–२२ रन बनाए ।

यस्तै एन्डी रसेलले २४ रन बनाए । इसुरु उडानाले ३४ रन बनाउँदा क्वेस अहमदले १५ रनको योगदान गरे ।

सुपर ओभरमा कोलम्बोले १६ रन बनायो । जवाफमा केन्डीले मात्र १२ रन बनाउन सक्यो । जसका कारण कोलम्बोले जित निकाल्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest