भारतसामु अष्ट्रेलियाको ३७५ रनको लक्ष्य

भारतविरुद्धको पहिलो एकदिवसिय खेलमा अष्ट्रेलियाले तीन सय ७५ रनको लक्ष्य दिएको छ । कप्तान आरोन फिन्च र स्टिभ स्मिथको शतकीय पारीमा अष्ट्रेलियाले बलियो लक्ष्य दिएको हो ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ७४ रन बनायो । निकै बलियो सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ५६ रनको साझेदारी गरेको थियो । जसमा ओपनर डेविड वार्नरले ६९ रन बनाए । दोस्रो विकेटका लागि आरोन फिन्च र स्टिभ स्थिमले शतकीय साझेदारी गर्दै टिमको स्थिती झन बलियो बनाए ।

जसमा स्मिथले उनले ६२ बलमा एक सय रन बनाए । जसमा १० चौका र चार छक्का सामेल थियो । डेविड वार्नर आउट भएपछि क्रिजमा आएका स्मिथले दोस्रो विकेटका लागि आरोन फिन्चसँग एक सय चार रनको साझेदारी गरेका थिए ।

यसअघि अष्ट्रेलियाका कप्तान आरोन फिन्चले पनि शतकिय पारी खेलेका थिए । उनले एक सय २४ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका थिए । जसमा उनले एक सय १४ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले १९ बलमा ४५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest