वेष्ट इन्डिजले न्यूजिल्याण्डसामु दियाे १७६ रनकाे लक्ष्य

न्यूजिल्याण्डविरुद्धको पहिलो टी २० खेलमा वेष्ट इन्डिजले एक सय ७६ रनको लक्ष्य दिएको छ ।

अक्ल्याण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले बर्षाका कारण १६ ओभरमा झारिएको खेलमा सात विकेट गुमाउदै एक सय ८० रन बनायो । तर सो लक्ष्य रिभाइज गरेर १७६ रनमा झारेको हो।

वेष्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३४ रन बनाए भने कप्तान कायरन पोलार्डले ७५ तथा फावियन आलेनले ३० रन बनाए । यस्तै ब्रान्डोन किंगले १३ रनको योगदान गरे ।

बलिङमा न्युजिल्याण्डका लोकी फर्गुसनले पाँच विकेट लिए भने टिम साउदीले दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest