न्यूजिल्याण्ड ५ विकेटले विजयी

वेष्ट इन्डिजविरुद्धको पहिलो टी २० खेलमा घरेलु टिम न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ । जितसँगै न्यूजिल्याण्डले तीन खेलका सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

अकल्यान्डमा वर्षाले बिथोलिएपछि १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा कुनै समय कमजोर स्थितिमा पुगेको थियो । तर पोलार्ड र फावियन एलनले छैटौं विकेटका लागि ८४ रनको शानदार साझेदारी गरेपछि वेष्ट इन्डिजले विशाल स्कोर बनाएको हो ।

ओपनर आन्द्रे फ्लेचर र ब्रेन्डन किङले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए ।

चौथो ओभरको दोस्रो बलमा फ्लेचर १४ बलमा ३ चौका र ३ छक्कासहित ३४ रनमा आउट भएपछि वेष्ट इन्डिजले लगातार ४ विकेट गुमायो । किङ पनि १० बलमा १३ रन बनाएर पेविलियन फर्किए ।

छैटौं ओभरको पहिलो बलमा निकोलास पुरन १ रनको स्कोरमा आउट हुँदा वेष्ट इन्डिज ५९–५ को नाजुक स्थितिमा पुगेको थियो । मध्यक्रमका सिमरन हेटमायर र रोभमन पावेलले खाता खोल्नै सकेनन् ।

तर पोलार्ड र एलनको साझेदारी उत्कृष्ट रहयो । एलनले २६ बलमा ३० रन जोडे ।

कप्तान पोलार्डले मात्र ३७ बलमा ७५ रनको अविजित पारी खेले । उनले आफ्नो पारीमा ४ चौका र ८ छक्का प्रहार गरे ।

जवाफमा न्यूजिल्याण्ड १५ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।

खराव सुरुवात गरेको न्यूजिल्याण्डले सात रनमा पहिलो विकेट गुमायो । उसका ओपनर मार्टिन गुप्टिल मात्र पाँच रनमा आउट भए । त्यसपछि टिम सेइफेर्ट ब्यक्तिगत १७ रनमा पेभेलियन फर्किदा घरेलु टिमले ३४ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि ६२ रन बनाउँदा तेस्रो विकेट गुमाएका न्यूजिल्याण्डले एक सय ४० रन बनाउँदा पाँचौ विकेट हात पार्यो । उसका लागि डेभोन कोनवेले ४१ रन बनाए भने ग्लेन फिलिप्सले २२ रनको योगदान गरे । यस्तै जेम्स निसामले रन बनाउँदा मिचेल सान्तानेरले रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest