इंग्ल्याण्ड र नेदरल्याण्ड्स बिचकाे सिरिज स्थगित

आइसीसी विश्वकप क्रिकेटका लागि इंग्ल्याण्डले नेदरल्याण्ड्ससँग खेल्ने भनिएको सुपर लिग सिरिज स्थगित भएको छ ।

२०२१ को मे महिनामा इंग्ल्याण्ड र नेदरल्याण्ड्सविच सुपर लिग सिरिज हुने तालिका थियो ।

तर इंग्ल्याण्डले सो सिरिजलाई स्थगित गरेको छ । तीन खेलको सिरिज अब २०२२ मा सरेको छ ।

२०२३ को विश्वकप छनोटका लागि यो प्रतियोगिता हुने हो ।

तर कोरोनाका कारण क्रिकेटका तालिका परिवर्तन हुँदा त्यसको असर यो सिरिजमा परेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest