ज्ञानेन्द्रकाे काेराेना रिपाेर्ट नेगेटिभ

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार गरेको पहिलो चरणको परिक्षणमा पोजेटिभ आएको रिपोर्ट तीन दिनपछि फेरी नेगेटिभ आएको छ ।

पहिलो चरणमा परिक्षण गर्दा पोजेटिभ देखिएपछि कुनैपनि लक्षण नदेखिएपछि ज्ञानेन्द्रले फेरी परिक्षण गरेका थिए । जसमा उनको रिपोर्ट नेगेटिभ आएको ज्ञानेन्द्रले सोसियल मिडियामा उल्लेख गरेका छन ।

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि पहिलो चरणमा कोरोनाको परिक्षण गर्दा ज्ञानेन्द्रसँगै रोहित पौडेल, दिपेन्द्रसिंह ऐरीलाई पोजेटिभ देखिएको थियो । जसमा कुनै लक्षण नदेखिएपछि तीनै जनाले फेरी तीन दिनमा परिक्षण गरेका थिए । दिपेन्द्रको रिपोर्ट पनि नेगेटिभ आएको छ

दोस्रो चरणको परिक्षणमा मल्ल र रोहितको रिपोर्ट नेगेटिभ आएको छ । अब उनीहरुले चाँडै प्रशिक्षणमा सहभागिता जनाउने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest