लंका प्रिमियर लिगमा जाफ्ना बिजयी

लंका प्रिमियर लिगमा जाफ्ना स्टालियोन्सले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा जाफ्नाले गाले ग्लाडियटर्सलाई आठ विकेटले हरायो ।

श्रीलंकाको हम्बनटोटा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गालेले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७५ रन बनायो । उसका लागि कप्तान साहिद अफ्रिदीले विस्फोटक ५८ रन बनाए । त्यसमा २३ बलमा तीन चौका र ६ छक्का प्रहार गरे ।

यस्तै धनुष्ट गुनथिलकाले ३८ रन बनाए भने भानुका राजापाक्षले २१ रन बनाए भने अज्मान खानले २० रनको योगदान गरे । बलिङमा डुवाने ओलिभरले चार विकेट लिए ।

जवाफमा जाफ्नाले १९ ओभर एक बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा अभिशाका फर्नान्डोले ९१ रनको योगदान गरे भने मिनोड भानुकाले १८ रन बनाए । यस्तै टोम मोरेसले पनि १८ रनको योगदान गरे । यस्तै सोयब मलिकले २७ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest