जाेनी बेरिस्टाेले सानदार अर्धशतक प्रहार गरेपछि दक्षिण अफ्रिकाबिरुद्दकाे पहिलाे ट्वान्टी-२० क्रिकेटमा पाहुना टाेली इंग्ल्याण्ड ५ विकेटले विजयी भएकाे छ ।
दक्षिण अफ्रिकाले दिएकाे १ सय ८० रनकाे लक्ष्य इंग्ल्याण्डले इनिङकाे ४ बल बाँकी छँदै पूरा गरेकाे हाे ।
त्यसका लागि चाैथाे नम्बरमा अाएका जाेनी बेरिस्टाेले ४८ बलमा अविजित ८६ रन बनाए । उनलाइ बेन स्टाेक्सले ३७ रन बनाएर साथ दिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित अाेभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएकाे थियाे ।
उसका लागि फाफ डुप्लेसिसले ५८ रन बनाए । भान डर डुसानले ३७ र क्वीन्टन डीककले ३० रन जाेडे ।
बलिङमा इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए ।
Discussion about this post