भारतविरुद्धको दोस्रो एकदिवसिय खेलमा अष्ट्रेलियाले तीन सय ९० रनको लक्ष्य दिएको छ । स्टिभ स्मिथको शतकमा अष्ट्रेलियाले विशाल लक्ष्य दिएको हो ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय ८९ रन बनायो ।
उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४२ रनको साझेदारी गरेको थियो । जमा आरोन फिन्चले ६० रनको योगदान गरे । यस्तै डेविड वार्नरले ८० रनको योगदान गरे । जसका कारण एक सय ५६ रनमा दोस्रो विकेट गुमायो ।
त्यसपछि स्टिभ स्मिथ र मार्नुस लाबुचाग्नेले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्यायो । स्मिथले करियरको ११ औं शतक बनाउने क्रममा एक सय चार रन बनाए । जसमा उनले ६४ बलमा १४ चौका र दुई छक्का प्रहार गरे ।
यस्तै मार्नुसले ७० रनको योगदान गरे । अन्तिममा ग्लेन म्याक्सवेलले विस्फोटक पारी खेल्दै टिमलाई बलियो स्थितीमा पुर्याए । उनले २९ बलमा ६३ रन बनाए । जसमा चार चौका र चार छक्का प्रहार गरे ।
Discussion about this post