भारतविरुद्धको दोस्रो एकदिवसिय खेलका बेला अष्ट्रेलियन ओपनर डेविड वार्नर घाइते भएका छन । उनको ग्रोइनको समस्याका कारण दोस्रो खेल जारी हुँदा मैदान बाहिर जानु परेको थियो ।
भारतविरुद्धको खेलमा फिल्डिङ गर्नेृ क्रममा उनलाई चोट लागेको हो ।
जसका कारण उनको ग्रोइन समस्याको स्क्यान गर्नुपर्ने भएको छ । खेलको चौथो ओभरमा शिखर धवनले मिडअफमा खेलेको बललाई रोक्ने क्रममा उनलाई चोट लागेको हो ।
त्यसको लगत्तै उनलाई मैदानबाट बाहिर लगिएको थियो । उनको आजै स्क्यान हुनेछ । त्यसपछि मात्र उनको चोटको वास्तविकता थाहा हुने भनिएको छ ।
Discussion about this post