प्रधानमन्त्री कप महिला क्रिकेट पुषकाे ११ गते हुने

नेपाल क्रिकेट संघ क्यानले पौषको ११ गते महिला प्रधानमन्त्री कप क्रिकेट गर्ने भएको छ । दाङको लमही क्रिकेट मैदानमा हुने सो प्रतियागिताका लागि खेलाडी छनोट गर्न क्यानले प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरेको छ ।

संघले मंसिर २१ गतेसम्म जिल्ला टिम छनोट गर्न भनेको छ । संघले सबै जिल्ला टिम छनोटका लागि ६ वटा बुँधा पनि तय गरेको छ ।

क्यानले महिला टिम छनोटका लागि संघबाट २० हजार रुपैयाँ र एक दर्जन बल उपलब्ध गराउने भएको छ भने यसअघि नै टिम छनोट भएको भए सोहि टिमलाई निरन्तरता दिने भनेको छ ।

यस्तै टिम छनौट गर्दा विवाद रहित तरिकाले निस्पक्ष रुपमा गर्न भनेको छ । कारोनाको महामारीका बेला हुन लागेको प्रतियोगिताका लागि क्याम्प राख्दा सम्बन्धित जिल्लाको स्थानीय तहबाट स्विकृती लिन भनेको छ ।

यस्तै प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता २०७७ पौष सात गतेसम्म सम्पन्न गर्नुपर्ने भनिएको छ । जिल्ला टिम छनौटको बलि भर्पाई सहितको प्रतिबेदन संघमा पेश गरेपछि मात्र अनुदान रकम निकाशा गरिने क्यानले बताएको छ ।

दक्षिण एशियाली खेलकुद सागपछि महिला क्रिकेटको कुनैपनि प्रतियोगिता भएको छैन । अझैपनि आइसीसी र एसीसीले कुनै पनि प्रतियोगिताको मिती एकिन नगर्दा क्यानले महिला टिमको प्रशिक्षण कहिले गर्ने भनेर भनेको छैन । तर अब प्रधानमन्त्री कप महिला क्रिकेटबाट क्यानले महिला खेलाडीलाई ब्यस्त बनाउने योजना बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest