दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी २० क्रिकेटमा इंग्ल्याण्ड ४ विकेटले विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४६ रन बनायो ।
उसका लागि कप्तान क्विनटन डी ककले ३० रन बनाए भने भान डेर डुसेनले २५ रनको योगदान गरे ।
यस्तै जोर्ज लिन्डेले २९ रन बनाउँदा रिजा हेन्डरिकले १६ रनको योगदान गरे । बलिङमा इंग्ल्याण्डका अदील रासिदले दुई विकेट लिए ।
दक्षिण अफ्रिकाविरुद्ध १४७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड एक बल बाँकी हुँदा ६ विकेट गुमाएर जित हात पार्याे ।
इंग्ल्याण्डलाई जिताउनका लागि डेविड मलानले ५५ रनको योगदान गर्दा इयोन मोर्गनले २६ रन जोडे ।
यसैगरी जोस बटलरले २२ रन बनाउँदा बेन स्टोक्सले १६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका आदिल रसिदले २ विकेट लिए ।
जितसँगै तीन खेलको टी २० सिरिज इंग्ल्याण्डले २–० ले आफ्नो पक्षमा पारेको छ ।
Discussion about this post