घाइते वार्नले टी-२० सिरिज गुमाउने

ग्रोइनको चोटका कारण अष्ट्रेलियन क्रिकेट टिमका ओपनर डेविड वार्नरले तेस्रो तथा अन्तिम एकदिवसीय खेल र टी २० सिरिज गुमाउने भएका छन ।

आइतबार भएको दोस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्ने क्रममा उनलाई चोट लागेको थियो । सिड्नीमा भएको सो खेलमा चोट लागेपछि उनको आइतबार राति नै स्क्यान गरिएको थियो ।

चिकित्सकले उनलाई १८ दिनको आराम चाहिएको भनेपछि क्रिकेट अष्ट्रेलियाले उनलाई आराम दिने र अन्तिम एकदिवसीय र टी २० सिरिज खेल्न नसक्ने बताएको छ ।

टी २० पछि हुने टेष्ट सिरिजका लागि भने उनी उपलब्ध हुने बताइएको छ । वार्नरको स्थानमा डासी स्वार्टलाई टिममा राखिएको छ ।

उत्कृष्ट लयमा देखिएका वार्नरको अनपस्थिती टिमका लागि केहि घाटा हुने भने देखिएको छ । उनले दुई एकदिवसिय खेलमा दुबैमा अर्धशतक बनाएका थिए । जसमा पहिलो खेलमा ८३ र दोस्रो खेलमा ६९ रन बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest