मुख्य प्रशिक्षक नियुक्तिको काम अझै केहि समय लाग्ने

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको चयन दुई सातामा हुने भनेको कुरा फेरी एक पटक लम्बिने भएको छ । क्यानले भनेको समय पुग्दा फेरी अर्को दुई साता प्रशिक्षकका लागि कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यसपटक अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको ढिलाईका कारण मुख्य प्रशिक्षक चयनको काम समयमा नुहने क्यानको भनाई छ । मुख्य प्रशिक्षकका लागि डेभ वाटमोर, अपुर्वा देशाई र स्कटल्याण्डका एक जनामध्य एक हुने संभावना रहेको बताइएको छ । तर क्यानले सकेसम्म भारतीय प्रशिक्षक ल्याउने दाउमा छ ।

दुई सातामा नयाँ प्रशिक्षक चयन गर्ने भनेर आफ्नो आधिकारीक पेजमा नै लेखेको क्यानले अहिले फेरी आइसीसीका कारण थप दुई साताको समय लाग्ने सक्ने क्यानका एक पदाधिकारीले बताए ।
अब क्रिकेटको नयाँ प्रशिक्षकका लागि यसअघि मंसिरको दोस्रो साता सार्वजनिक गर्ने भनेकोमा त्यो समय पुरा हुनै लाग्दा अझै अर्को दुई साताको समय लम्बिने भएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षकको चयनका लागि प्रक्रियामा रहेको र मंसिर १५ गतेसम्म फाइनल गर्ने भनेको त्यो हुन सकेन, विभिन्न प्रक्रिया पुरा गर्दा केहि ढिलो हुने बताए । प्राविधिक कारणले केहि ढिलो भएको चन्दको भनाई छ ।

अहिले दुई तीन जना प्रशिक्षकसँग कुरा छलफल भइरहेको र अब आइसीसीले कुन प्रशिक्षकलाई उचित छ भनेर भन्छ, त्यो फाइनल नभएको बताए ।

यस्तै सचिव अशोकनाथ प्याकुरेलले अहिले आइसीसीको निर्वाचनका लागि हाम्रो कामलाई त्यति प्राथमिकता नदिएको र आइसीसीले कहिले अन्तिम सूची पठाउछ भन्ने कुरिरहेको बताए ।

क्यानको तर्फबाट गर्नुपर्ने ९९ प्रतिशत काम सकिएको र अब आइसीसीले अन्तिम सूची पठाएर उनीहरुसँग फाइनल छलफल गर्न बाँकी रहेको बताए ।

अहिले प्रशिक्षकको तलव पनि नतोकिएको, अरु सुविधाका बारेमा पनि कुरा नभएको भएकाले यो सबै मिलाएर फाइनल गर्न १० देखि १५ दिन लाग्न सक्ने प्याकुरेलले बताए ।

नेपालको मुख्य प्रशिक्षकका लागि राम्रो र अनुभवी ब्यक्तिलार्ई नै ल्याउने प्रयास क्यानको रहेको प्याकुरेलले बताए । अन्तरवार्ता लिदा केहि प्रशिक्षकले नेपालमै आएर बस्नुपर्ने होर भन्ने सम्मको प्रतिप्रश्न समेत गरेको बताए ।

तर चाँडै नेपालले राम्रो प्रशिक्षक पाउने प्याकुरेलले बताए । नेपालको मुख्य प्रशिक्षकका रुपमा उमेर पटवाल बाहिरीएपछि अहिले सो पद खाली रहेको छ । करिव तीन महिना अगाडी क्यानले आवेदन खुला गरेकोमा ७२ जनाले आवेदन दिएका थिए । त्यसबाट सर्टलिष्ट गरेर अन्तिममा १२ जनासँग क्यानले अन्तरवार्ता लिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest