न्यूजिल्याण्ड र वेष्टइन्डिज विचको तेस्रो खेल बर्षाका कारण रद्द

न्यूजिल्याण्ड र वेष्टइन्डिज विचको तेस्रो टी २० खेल बर्षाका कारण रद्द भएको छ ।

जसका कारण न्युजिल्याण्डले तीन खेलको सिरिज दुई शुन्यले जितेको छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजको स्कोर दुई ओभर दुई बलमा २५ रनमा एक विकेटको अवस्थामा बर्षा भएको थियो ।

तर सो बर्षा नियमित परेपछि अम्पायरले खेललाई नतिजाविहिन बनाएका छन ।

न्यूजिल्याण्डले पहिलो र दोस्रो खेल जितेपछि सिरिज यसअघि नै आफ्नो पक्षमा पारेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest