भारतीय कप्तान विराट कोहलीले एकदिवसिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन । उनले कम खेलमा १२ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन । साथै उनले सचिन तेन्दुलकारको रेकर्डलाई पनि तोड्न सफल भए ।
अष्ट्रेलियाविरुद्धको अन्तिम खेलमा २३ रन बनाएपछि उनले यो रेकर्ड बनाएका हुन । उनले २ सय ४२ खेलमा १२ हजार रन पुरा गरेका हुन ।
सचिनले १२ हजार रन पुर्याउनका लागि तीन सय खेल खेलेका थिए । तर कोहलीले यो रेकर्ड ५८ खेल अगाडी नै पुरा गरेका हुन ।
यसअगाडी पनि कोहलीले एकदिवसिय क्रिकेटमा १० हजार रन कम खेलमा पुर्याउने खेलाडी बनेका थिए ।
Discussion about this post