कर्माचार्य खेलाडी छनाैट समितीकाे संयाेजक

नेपाल क्रिकेट संघले उत्तम कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति बनाएको छ । क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै पूर्व कप्तान कर्माचार्यको संयोजकत्वमा छनोट समिति बनाएको छ ।

यस्तै क्यानले संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति समेत गठन गरेको छ । क्यानले दुई समितिका अन्य सदस्यहरु भने आगामी बैठकले थप गर्ने जनाएको छ ।

क्यानको नयाँ कार्यसमिती चयन हुँदा उनको पेस्की फर्च्योट नभएको भन्दै उनले क्यानको निर्वाचनमा भाग लिन पाएका थिएनन् । तर पछि उनको पेष्की फर्स्योट भएको भनेर क्यानले उनलाइ क्यानमा प्रवेश गराएको हो । पछिल्लो पटक क्यानले खेलाडी छनोट समितीबिना नै टिम तयार पार्ने गरेको थियो ।

सन् १९९६ मा कर्माचार्यको कप्तानीमा नेपालले आईसीसी मान्यता प्राप्त पहिलो आधिकारिक प्रतियोगिता एसीसी ट्रफी खेलेको थियो । उनी क्यानका पूर्व सदस्य समेत हुन् । यस्तै उनले क्यानको सचिव भएर काम गरिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest