अन्तिम खेलमा भारत विजयी

भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारत १३ रनले विजयी भएको छ । यो जितपछि पनि भारतले सिरिज दुई एकले गुमाएको छ ।

कानबेरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय दुई रन बनायो । राम्रो सुरुवात गर्न नसकेको भारतले २६ रनमा पहिलो विकेट गुमाएका थियो । त्यसपछि ८२ रनमा दोस्रो विकेट खेर फालेको भारतले एक सय १४ रन बनाउँदा तेस्रो विकेट गुमायो ।

उसका ओपनर शिखर धवन १६ रनमा आउट भए भने शुंभव गिलले ३३ रन बनाए । त्यसपछि क्रिजमा आएका श्रेयस ऐयरपनि १९ रनमा आउट भए । लगत्तै लोकेश राहुल मात्र पाँच रनमा पेभेलियन फर्किएपछि भारतले एक सय २३ रनमा चौथो विकेट गुमायो ।

भारतका लागि कप्तान विराट कोहलीले ६३ रन बनाए । उनले एकदिवसिय क्रिकेटमा कम खेलमा १२ हजार रन बनाउने रेकर्डपनि बनाए ।

अन्तिममा हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई चुनौतीपुर्ण लक्ष्यमा पुर्याए । जसमा हार्दिकले ९२ रन बनाए । उनले ७६ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै जडेजाले ५० बलमा ६६ रन बनाए । जसमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

जवाफमा अष्ट्रेलियाले ४९ ओभर तीन बलमा सबै विकेट गुमाउँदै २ सय ८९ रन बनायाे । सुरुवाती दुई खेल हारेको भारतले अन्तिम खेलमा पनि कठिन जित निकाल्यो ।

अष्ट्रेलियाका लािग कप्तान आरोन फिच्नले ७५ रन बनाए भने मोइसेस हेनरिकले २२ रन बनाए । यस्तै केमरुन ग्रिनले २१ रन बनाउँदा एलेक्स कारेले ३८ रन जोडे ।

यस्तै ग्लेन म्याक्सवेलले ५९ रन बनाए भने एस्टोन अगरले २८ रन थपे । अन्तिम तीन ओभरमा अष्ट्रेलियालाई जितका लागि २३ रन चाहिएकोमा उसले बनाउन सकेन ।

बलिङमा भारतका सरदुल ठाकुरले तीन तथा नटराजनले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest