आइपीएलका नयाँ दुई टिमको टुंगो बीसीसीआईको साधारण सभाले लगाउने

भारतीय क्रिकेट बोर्ड बीसीसीआईको बार्षिक साधारण सभा डिसेम्बर २४ ताखिरमा हुने भएको छ । यो एजीएममा बीसीसीआईले अर्को सिजनमा इन्डियन प्रिमियर लिगमा नयाँ दुई टिम समावेश गर्ने विषयमा निर्णय हुनेछ ।

बीसीसीआईको ८९ औं साधारण सभामा २३ वटा विषयमा छलफल हुनेछ । जसमा मुख्य एजेन्डा आइपीएलका लागि दुई टिमको टुंगो लगाउने रहेको छ ।

यसका साथै बोर्डको उपाध्यक्ष चयनका विषयमा पनि छलफल हुनेछ । यसअघि निर्वाचित भएका महिम बर्माले गतबर्ष राजिनामा दिएपछि सो पदका लागि नयाँ चयन हुन बाँकी रहेको छ ।

यसका साथै इन्डियन क्रिकेटर्स एसोसियसनका लागि प्रतिनिधी चयन गर्ने, आइसीसीका लागि क्रिकेट कमिती, स्ट्याण्डिङ कमिती र अम्पायर कमिटी बनाउने निर्णय हुनेछ ।

यस्तै २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिकका लागि क्रिकेट समावेश गर्न बीसीसीआईले पहलकदमी गर्ने विषयमा पनि छलफल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest