अष्ट्रेलियाविरुद्धको पहिलो टि-२० खेलमा भारतले एक सय ६२ रनको लक्ष्य दिएको छ ।
क्यानबेरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा सात विकेट गुमाउँदे एक सय ६१ रन बनायो ।
भारतका लागि लोकेश राहुलले सर्वाधिक ५१ रन बनाए । यस्तै रविन्द्र जडेजाले अविजीत ४४ रन बनाए । राहुलले ४० बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
यस्तै सञ्जु सामसनले २३ रन बनाउँदा हार्दिक पाण्ड्याले १६ रनको योगदान गरे । बाँकी खेलाडी सस्तैमा आउट भए ।
बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले दुई तथा मोइसेस हेनरिकले तीन विकेट लिए ।
Discussion about this post