दक्षिण अफ्रिका र इंल्याण्डको पहिलो एकदिवसीय खेल स्थगित

दक्षिण अफ्रिका र इंल्याण्डको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । खेलको टस सुरु हुनुभन्दा एक घण्टा अगाडीमात्र खेल स्थगित भएको हो ।

दक्षिण अफ्रिकी क्रिकेट टिममा कोरोना देखिएको कारण यो खेल स्थगित गरिएको बताइएको छ । दक्षिण अफ्रिकी टिमको क्याम्पमा कोरोना देखिने संकेत गरेकाले अन्तिम समयमा खेल स्थगित भएको हो ।

टी २० सिरिजपछि दक्षिण अफ्रिकी खेलाडीले कोरोनाको नियम तोडेको र शुक्रबार सबै खेलाडी र स्टाफको कोरोना परिक्षण गर्नुपर्ने बताइएको छ । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले आफ्ना खेलाडीमा कोरोना देखिएकाले खेल स्थगित गरिएको बताएको छ । अब यो खेल आइतबार हुने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest