अफगानिस्तानका स्पिनर मुजीबलाई कोरोना पोजेटिभ

अफगानिस्तानका स्पिनर मुजीब उर रहमानलार्ई कोरोना पोजेटिभ भएको छ । बिग ब्यास लिगमा ब्रिसबेन हिट्सबाट खेल्ने तयारीमा रहेका मुजिबको कोरोना परिक्षण हुँदा पोजेटिभ देखिएको छ ।

शुक्रबार ब्रिसबेनले मुजिबलाई कोरोना पोजेटिभ भएको बताएको छ । उनी बिग ब्यासका लागि अष्ट्रेलियाको क्विन्सल्याण्ड पुगेका थिए । त्यहाँ पुगेपछि गरेको परिक्षण उनलाई पोजेटिभ देखिएको बताएको छ । जसका कारण उनी होटेल क्वारेन्टिनमा रहेका छन ।

अब उनको रिपोर्ट नेगेटिभ नआउँदासम्म उनी क्विन्सल्याण्ड हेल्थ डिपार्टमेन्टको निगरानीमा रहनेभएका छन ।

उनी गत साता काबुलबाट अष्ट्रेलिया पुगेका थिए । तर उनमा क्वारेन्टिनको विचमा नै कोरोनाको लक्ष्यण देखिएको थियो ।

त्यसपछि परिक्षण गर्दा पोजेटिभ आएको हो । अब उनले टिमको सुरुवाती खेल खेल्ने पाउने हुन वा होइन, अर्को परिक्षणपछि थाहा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest