भारत र अष्ट्रेलिया विच दोस्रो टि-२० खेल आज

भारत र अष्ट्रेलियाबीचको तीन टि २० खेलको सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः५५ पछि सिड्नी क्रिकेट मैदान सिड्नीमा सुरु हुने छ ।

पहिलो टि२० खेलमा भारत ११ रनले विजयी भएको थियो । भारत लगातार दोस्रो जितसँगै सिरिज एक खेल अगावै जित्न चाहन्छ । घरेलु टोली अष्ट्रेलियालाई सिरिज जित्ने सम्भावना कायमै राख्न दोस्रो खेल जित्नै पर्ने दबाब छ ।

अष्ट्रेलिया मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । पहिलो खेलमा राम्रो सुरुवातका बाबजुद मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान नचल्दा अष्ट्रेलिया पराजित भएको थियो । डार्सी सटको स्थानमा एलेक्स केरीले मौका पाउन सक्छन् । कप्तान आरोन फिन्चलाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ ।

स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल प्रमुख हतियार हुन् । यी दुई ब्याट्सम्यानलाई जिम्मेवारीका साथ उत्कृष्ट प्रर्दशन गर्न आवश्यक पर्दछ । पहिलो टि२० खेलमा तीन विकेट लिनुको साथै ३० रन जोडेका अलराउन्डर मोइजेस हेनरिक्स भारतलाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् । घाइते अलराउन्डर मार्कस स्टोइनिस खेल्ने वा नखेल्ने अन्यौल छ ।

स्टोइनिस पूर्णरुपमा फिट भए टोली मजबुत बन्ने छ । स्टोइनिस सन एबटको स्थान लिने छन् । तीव्र गतिका बलर मिचेल स्टार्क टोलीमा हुने छैनन् । उनले पारिवारिक कारण बाँकी दुई टि२० सिरिज खेल्ने छैनन् । उनको स्थान एन्ड्रयु टाई वा ड्यानियल साम्स मध्य एकले लिने सम्भावना छ । स्पिनरमा मिचेल स्विपसनलाई खेलाउने सम्भावना छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest