इंग्ल्याण्ड र दक्षिण अफ्रिकाको खेल स्थगित

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाको पहिलो एकदिवसिय खेल रद्द भएको छ । शुक्रबार दक्षिण अफ्रिकी खेलाडीमा कोरोना देखिएपछि आइतबारका लागि सारिएको खेल आज इंग्ल्याण्डका कारण रद्द भएको हो ।

इंग्ल्याण्ड क्रिकेट टिमका खेलाडीको कोरोना रिपोर्ट आउन बाँकी हरेका कारण एक बलपनि नफाल्दै रद्द भएको हो ।

कोरोनाका कारण यो सिरिज संकटमा परेको छ । यदि चाहिएको खण्डमा यो प्रतियोगिता तीन देखि पाँच दिन लम्ब्याउन सकिने बताएको छ ।

आजको खेलपनि केहि ढिला सुरु गरिनेमा दुबै टिम सहमत भएका थिए । तर अन्तिममा कोरोनाको रिपोर्ट आउट ढिलाई भएपछि रद्द गरिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest