अष्ट्रेलियाले भारतसामु १९५ रनको लक्ष्य

भारत र अष्ट्रेलियाबिच सिड्नीमा जारी दोस्रो टि –२० मा अष्ट्रेलियाले भारतसामु १९५ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङ रोजेको भारतसामु २० ओभरको खेल सकिँदा अष्ट्रेलियाले १९५ रनको विशाल लक्ष्य दिएको हो ।

अष्ट्रेलियाका लागि कप्तान सर्वाधिक मेथ्यु वेडले ५८ रनको अर्धशतक खेले । त्यस्तै स्टीभ स्मिथले ४६ रन बनाए भने भारतका तर्फबाट नटराजनले २० रन दिएर २ विकेट लिए ।

अष्ट्रेलियाले ११ ओभरमा १०० रनको आँकडा बनाएको थियो । अष्ट्रेलियाका लागि सर्टले ९ रन दिए भने म्याक्सवेलले २२ र हेन्रिकेसले २६ रन बनाए ।

स्टाइनिसले १६ र साम्सले ९ रन बनाउँदा अष्ट्रेलियाले भारतसामु १९५ रनको विशाल लक्ष्य दिएको हो । भारत र अष्ट्रेलियाबिच जारी सिरिजमा भारत १–० ले अगाडि रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest