इंग्ल्याण्ड र दक्षिण अफ्रिकाकाे एकदिवसीय सिरिज रद्द

खेलाडीमा कोरोना देखिएपछि इंग्ल्याण्डको दक्षिण अफ्रिका भ्रमण बिचमा नै स्थगित भएको छ ।

सुरुमा दक्षिण अफ्रिका र पछि इंग्ल्याण्डका खेलाडीमा कोरानो देखिएपछि पहिलो एकदिवसीय खेल दुई पटक स्थगित भएको थियो ।

फेरी इंग्ल्याण्डका खेलाडीका कोरोना देखिएपछि टुर नै स्थगित भएको हो । पछिल्लो पटक कोरोना देखिने खेलाडीको नाम भने गोप्य राखिएको थियो । शुक्रबार हुने भनिएको पहिलो एकदिवसिय खेल अगाडी दक्षिण अफ्रिकाका दुई खेलाडीमा कोरोना देखिएको थियो ।

त्यसपछि आइतबारबा लागि तय भएको खेल अगाडी इंग्ल्याण्ड बसेको होटेलका दुई स्टाफमा पोजेटिभ आएपछि खेल स्थगित भएको थियो । अब फेरी पाहुना टिमका खेलाडीमा पोजेटिभ भएको भन्दै भ्रमण नै स्थगित भएको छ ।

अब सोमबार र बुधबार हुने भनिएका दुई खेल पनि रद्द भएका छन । पछिल्लो पटक गरिएको कोरोनाको रिपोर्ट मंगलबार भन्दा अगाडी नआउने भएकाले पनि एकदिवसिय सिरिज रद्द भएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest