भारत र अष्ट्रेलियाकाे तेस्राे एकदिवसीय खेल आज

भारत र अस्ट्रेलियाबीचको तेस्रो टी २० आज हुँदै छ । सिड्नीमा यो खेल नेपाली समय अनुसार अपरान्ह १ः५५ वजे शुरुहुने छ । एक दिवसीय सिरिज गुमाएको भारतले टी २० सिरिज भने आजको खेल अगावै जिति सकेको छ । भारत आजको पनि टी २० जित्दै सिरिज क्लिनस्वीप गर्ने दाउँमा हुँदा घरेलु टोली अस्ट्रेलिया आज इज्जत जोगाउनका लागि पनि जित्नै पर्ने दवाबमा छ ।

भारतीय टिम अस्ट्रेलियामै दोस्रो पटक टी २० सिरिज क्लिन स्वीप गर्ने लक्ष्यमा हुने छ । सन् २०१६ मा महेन्द्रसिंह धोनीको कप्तानीमा अस्ट्रेलियाकै भूमिमा टी २० सिरिज ३–० ले क्लिनस्वीप गरेको थियो ।

तीन म्याचको टी २० सिरिजमा अस्ट्रेलिया अहिलेसम्म २ पटक ह्वाईट वास भएको छ । २०१६ मा भारतसँग र २०१८ मा पाकिस्तानसँग । पाकिस्तानसँगको सिरिज भने युएइमा भएको थियो ।

टी २० का लगातार ११ खेल जित हात पारेको भारत यो यात्रालाई कायमै राख्ने लक्ष्यमा हुने छ । ११ डिसेम्बर २०१९ देखि अहिलेसम्म खेलेका टी २० मा भारतले पराजय भोग्नु परेको छैन भने एक खेलको नतिजा टाइ भएको थियो र सुपर ओभरमा भारत नै विजयी भएको थियो ।

आइतबारको खेलमा भारतले दोस्रो खेल ६ विकेटले जित्दा हार्दिक पाण्ड्याले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २२ बलमा ४२ रनको सानदार पारी खेल्दै भारतलाई सिरिज दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । भारतले मोहम्मद शमी र जसप्रित बुमराहलाई रेस्ट दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest