अन्तिम खेलमा भारत १२ रनले पराजित

भारतविरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेल अष्ट्रेलियाले जितेको छ । तरपनि अष्ट्रेलियाले सिरिज दुई एकले गुमाएको छ । अन्तिम खेलमा भारत १२ रनले पराजित भयो ।

सिड्नीमा टस जितेर फिल्डिङ रोजेको भारतले निर्धारित २० ओभर सकिँदा घेरलु टोली अष्ट्रेलियाबाट १८७ रनको लक्ष्य पाएको हो । तिन सिरीजमध्ये २ सिरीज गुमाइसकेको अष्ट्रेलियाका लागि सबैभन्दा बढि मेथ्यु वेडले ८० रनको उत्कृष्ट पारी खेले ।

अष्ट्रेलियाका लागि आरोन फिन्चले २ बलमा खाता नखोलीकनै आउट भए । त्यस्तै स्मिथले २४ रन र ग्लेन म्याक्सवेले ५४ रन बनाउँदा हेन्रिकस ले ५ रन बनाए ।

अन्तिम ओभरमा अष्ट्रेलियाका डासि साेर्ट ७ रन बनाएर रन आउट भए । अष्ट्रेलियाका लागि सबैभन्दा कम डेनियल साम्सले ४ रनको योगदान गरे । भारतको तर्फबाट वासिंटन सुन्दरले २ र टी नटराजनले १ र शार्दुल ठाकुरले पनि १ विकेट लिए ।

जवाफमा भारतले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन मात्र बनाउन सक्यो । निकै खराव सुरुवात गरेको भारतले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर खाता खोल्न सकेनन् ।

७४ रनमा दोस्रो विकेट गुमाएको भारतले एक सय रन बनाउँदा तेस्रो विकेट गुमायो । तर मध्यक्रममा खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा भारतले हार ब्यहोर्यो ।

भारतका लागि शिखर धवनले २८ रन बनाए भने सञ्जु सामसनले १० रन जोडे । यस्तै हार्दिक पाण्ड्याले २० रन बनाए । भारतका लागि कप्तान विराट कोहलीले ८५ रन बनाएका थिए । उनले ६१ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

भारतलाई अन्तिम ओभरमा जितका लागि २७ रन चाहिएको थियो । तर उसले पुरा गर्न सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest