बेन स्टोकका पिताको निधन

इंग्ल्याण्ड क्रिकेट टिमका अलराउण्डर बेन स्टोकका पिताको निधन भएको छ । पछिल्लो पटक क्यान्सरबाट पिडित जेड स्टोक्सको ६५ बर्षको उमेरमा निधन भएको छ ।

उनको ब्रेनको क्यान्सर भएको थियो । रग्वी खेलका पूर्व खेलाडी जेडको जनवरीबाट डाइग्नोसिस गरिएको थियो ।

अघिल्लो बर्षपछि उनी यहि रोगका कारण दक्षिण अफ्रिकाको जोहानेसबर्गमा पाँच साता गम्भिर भएका थिए ।

त्यसपछि न्यूजिल्याण्ड गएका जेडको यो बर्षको सुरुवातमा पनि केहि समस्या देखिएको थियो । जसका कारण बेन स्टोक पाकिस्तानको सिरिज छोडेर न्युजिल्याण्ड पुगेका थिए ।

केहि साता बुवाआमासँग विताएपछि उनी आइपीएलका लागि यूएई पुगेका थिए । बुवाको निधनपछि स्टोकले आफु निकै निरास भएको बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest