युएई क्रिकेट बोर्डले डी टी-२० क्रिकेट गर्ने

विश्वका विभिन्न देशमा फरक फरक नाममा क्रिकेट प्रतियोगिता भइरहेका बेला अब युएई क्रिकेट बोर्डले पनि डी टी २० नामक क्रिकेट टुर्नामेन्ट गर्ने भएको छ ।

डिसेम्बर ६ तारिखबाट हुने सो प्रतियोगितामा ६ टिमको सहभागिता रहने भएको छ ।

कुल ३३ खेल खेलाइने सो प्रतियोगिताको फाइनल क्रिसमस इभमा गरिने भएको छ ।

दुबई क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा स्थानीय खेलाडीका साथै केहि विदेशी खेलाडीको सहभागिता रहने छ ।

यो प्रतियोगिताको पार्टनरका रुपमा ड्रिम ११ हुनेछ । काेराेनाका बिचपनि यूएइमा इन्डियन प्रिमियर लिग भएकाे भएकाे थियाे । जसका कारणपनि इमिरेट्स क्रिकेट बाेर्डलाइ सहयाेग पुगेकाे हाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest