पार्थिभ पटेलले लिए सन्यास

भारतीय क्रिकेटर पार्थिव पटेलले खेलाडी जीवनबाट सन्यास लिएका छन । उनले सबै किसिमका खेलबाट सन्यासको घोषणा गरेका छन ।

विकेटकिपर ब्याट्सम्यान पटेलले १८ बर्षे करियरलाई विश्राम दिएका छन । ३५ बर्षे पटेलले भारतका लागि २५ टेष्ट, ३८ एकदिवसिय खेल खेलेका थिए । यसका साथै उनले घरेलु क्रिकेटमा एक सय ९४ वटा पहिलो श्रेणीका खेल खेलेका थिए ।

सन् २००२ मा उनी पहिलो पटक भारतीय क्रिकेट टिममा परेका थिए । यसका साथै उनी टेष्ट टिममा पर्ने युवा विकेटकिपर पनि बनेका थिए । त्यो बेला उनी १७ बर्ष एक सय ५३ दिनका थिए ।

सन् २००४ मा दिनेश कार्तिक र महेन्द्रसिंह धोनीको आगमनपछि उनले राष्ट्रिय टिमबाट बाहिर हुनुपरेको थियो ।

आइपीएलमा मुम्बई इन्डियन्सबाट खेलेका उनले सन् २०१५ मा मात्र राम्रो खेलेका थिए । त्यो बेला उनले तीन सय ३९ रन बनाएका थिए ।

जुन प्रतियोगितामा धेरै रन बनाउने चौथो खेलाडी थिए । उनले सन् २०१६ मा अन्तिम पटक भारतीय टिमबाट खेलेका थिए । त्यो बेला धोनी चोटग्रस्त हुँदा उनको स्थानमा मौका पाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest