इंग्ल्याण्डको श्रीलंका भ्रमण २०२१ को जेनेवरीमा हुने

इंग्ल्याण्डको श्रीलंका भ्रमण २०२१ को जेनेवरीमा हुने भएको छ । कोरोना भाइरसका कारण २०२० को मार्चमा हुने भनिएको भ्रमण स्थगित भएको थियो ।

यो सिरिजमा इंग्ल्याण्डले गालेमा आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत दुई वटा खेल खेल्नेछ । जसमा पहिलो खेल १४ जेनेवरीमा हुनेछ भने दोस्रो टेष्ट २२ जेनेवरीमा हुनेछ ।

श्रीलंकाका लागि इंग्ल्याण्ड टिम जेनेवरी दुई तारिखमा इंग्ल्याण्डबाट प्रस्थान गर्नेछ ।

श्रीलंका पुगेपछि टिम हम्बनटोटामा क्वारेन्टिनमा बस्नेछ । जसमा इंग्ल्याण्ड टिमले क्वारेन्टिनसँग प्रशिक्षणपनि गर्न पाउनेछ ।

इंग्ल्याण्ड र श्रीलंकन क्रिकेट बोर्डले बायो सेक्युरिटीका लागि सहमति जनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest