दक्षिण अफ्रिकीले १४ बर्षपछि पाकिस्तानको भ्रमण गर्ने

दक्षिण अफ्रिकी क्रिकेट टिमले १४ बर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डको प्रस्तावलार्ई स्विकृत गर्दै दक्षिण अफ्रिकाले २०२१ को जेनेवरीमा भ्रमण गर्ने बताएको छ ।

दक्षिण अफ्रिकाले सन् २००७ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्ने भएको हो ।

जसमा दुई टेष्ट, तीन टी २० हुनेछन । यसका लागि कराची, रावलपिण्डी र लाहोरको मैदान चयन गरिएको छ ।

जनवरी २६ बाट १४ फेब्रेवरीसम्म टुर हुनेछ । अन्तिम पटक पाकिस्तान र दक्षिण अफ्रिका सन् २००७ मा खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest