हाेबर्टकाे बिजयी सुरूवात

विग ब्यास लिगमा सन्दिप लामिछाने आवद्ध टिम होबर्ट हुरिकेन्सले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको नयाँ सिजनको बिग ब्यास लिगको उद्घाटन खेलमा होबर्टले सिड्नी सिक्सर्सलाई १६ रनले हरायो ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको होबर्टले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७८ रन बनायो ।

निकै खराव सुरुवात गरेको होबर्टले चार रनमा दुई विकेट गुमाएको थियो ।

उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कोलिन इनग्रामले ५५ रन बनाए भने कप्तान पिटर ह्याण्डकोम्बले २४ रन जोडे ।

यस्तै टिम डेविडले ५८ रन बनाउँदा नाथन इलिसले १४ रन बनाए । बाँकी खेलाडीले दोस्रो अंक छुन सकेनन् ।

बलिङमा सिड्नी सिक्सर्सका डेनियल क्रिस्टियन र बेन डोरस्विसले तीन तीन विकेट लिए ।

जवाफमा सिक्सर्सले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ६२ रन बनायो । उसले सुरुवात राम्रो नगरेपछि दोस्रो विकेटका लागि ज्याक इडवार्ड र जेम्स भिन्सले शतकीय साझेदारी गरेका थिए ।

जसमा इडवार्डले ४७ रन बनाए भने भिन्सले ६७ रनको पारी खेले । उनले ४१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

तर त्यसपछि अरु खेलाडीविच राम्रो साझेदारी नहुँदा टिमले हार्न पुग्यो । उसका लागि जोर्डन सिल्कले १३ र डेनियल क्रिस्टियनले १० रन बनाउँद बाँकी खेलाडीले दोहोरो रन बनाएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest