पारसमा पनि काेराेना पाेजेटिभ

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना पोजेटिभ भएको छ । उनले आफुलाई कोरोना भएको सोसियल मिडियाबाट जानकारी दिएका छन ।

पारसले आज विहान गरेको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । पारसको हिजो साँझबाट स्मेल र टेष्ट गएको र शुक्रबार विहान परिक्षण गर्दा पोजेटिभ आएको हो । उनले अब शनिबारबाट चितवनमा हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन ।

उनी अहिले घरमा नै आइसोलेसनमा बसेका छन । यसका साथै उनले डाक्टरको सल्लाहमा होम आइसोलेसनमा बसेको बताएका छन । राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका पारसको विहिबार साँझबाट अचानक टेष्ट र स्मेल गएपछि परिक्षण गरेका हुन ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन । क्रिकेटको क्याम्पका लागि बोलाउँदा सुरुवातमा कप्तान ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ भएको थियो ।

ती मध्ये बसन्तको दोस्रो पटकपनि पोजेटिभ आएको थियो भने बाँकी ठिक भएका छन । यस्तै चितवनमा हुने गौतमबुद्ध कप क्रिकेटका लागि टिममा रहेका शूर्य तामाङमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest