नारायणी टस जितेर फिल्डिङमा

गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा अहिले नारायणी र बागमती बिच प्रतिस्पर्धा भइरहेको छ ।

चितवनमा जारी खेलमा नारायणीले टस जितेर फिल्डिङ रोजेको छ ।

नारायणी टिमको नेतृत्व सुवास खकुरेलले गर्ने भएका छन् ।

मुख्य कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएपछि टिमको कप्तानी सुवासले गर्ने पक्का भएको हो ।

यसअघि नारायणी टिमको कप्तानी पारस खड्काले गर्ने तय थियो । तर शुक्रबार गरिएको परिक्षणमा पारसलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest