२०२३ को महिला विश्वकप छनौटको एशिया रिजन मलेसियामा हुने

सन् २०२३ मा हुने महिला टी २० विश्वकपको मिती तय गरिएको छ । जसमा नेपालले खेल्ने छनोट प्रतियोगिता २०२१ को सेप्टेम्बर २० देखि २६ सम्म मलेसियामा हुने भएको छ ।

एशिया छनोट अन्तर्गत हुने यो प्रतियोगितामा नेपालसँगै भुटान, चीन, हङकङ, कुवेत म्यानमार, मलेसिया र यूएईको सहभागिता रहनेछ ।

आइसीसीले जारी गरेको विज्ञेप्तीमा यो प्रतियोगिता २०२३ को फेब्रेवरी नौ देखि २६ सम्म दक्षिण अफ्रिकामा हुनेछ ।

१० टिमको सहभागिता रहने प्रतियोगितामा सात टिम अष्ट्रेलियामा २०२० मा भएको विश्वकपबाट छनोट भइसकेका छन । बाँकी दुई टिम क्षेत्रीय छनोट हुँदै ग्लोबल छनोटबाट आउनेछन ।

क्षेत्रीय छनोट २०२१ को अगष्टबाट सुरु हुनेछ । जसमा ३७ देशको सहभागिता रहने भएको छ । २०२० मा भएको महिला टी २० विश्वकपमा सहभागि टिमबाट बढाएर २०२३ को विश्वकपमा १० टिम बनाइएको छ ।

छनोट प्रक्रियामा भुटान, बोट्स्वाना, क्यामरुन, फ्रान्स, मालावी, म्यानमार, फिलिपिन्स, टर्कीले पहिलो पटक आइसीसीको प्रतिस्पर्धामा सहभागिता जनाउँदैछन । यस्तै अर्जेन्टिना र ब्राजिलले २०१२ पछि पहिलो पटक आइसीसीको प्रतियोगिता खेल्न लागेका हुन । यो छनोटमा नेपालले पनि सहभागिता जनाउनेछ ।

विश्वकप छनोटका लागि पाँच वटा महादेशमा प्रतियोगिता गराइने भएको छ । जसमा २०२१ को नोभेम्बर ३० तारिखसम्म आइसीसीको बरियतामा पुछारमा रहेको दुई टिम समावेश हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest